सागर थापाको नजरमा यी हुन् युरो कप जित्न सक्ने टोली

यति बेला युरो कपको माहोलले पूरा विश्वलाई छोएको छ । फुटबल प्रेमीहरू आ-आफ्नो टोलीलाई समर्थन गरिरहेका छन् । युरो कपको नकआउट चरणका खेल खेलिरहँदा यसको रौनकता पनि बढिरहेको छ । 

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा युरो कपका सबै खेल हेर्न नभ्याए पनि आफूले समर्थन गरेको टिमको खेल भने सकेसम्म छुटाउँदैनन् । उनी युरोमा पोर्चुगल र फ्रान्सलाई समर्थन गरिरहेका छन् । 

उनी फरकधारसँगको कुराकानीमा भन्छन्, ‘हुन त मैले युरो कपका पुरै खेल हेर्न भ्याएको छैन । केही खेलमात्र हेर्ने मौका मिलेको छ । यसपटकको युरो कपमा मैले फ्रान्स र पोर्चुगलको समर्थन गरिहेको छु । पोर्चुगलमा मेरो मन पर्ने खेलाडी रोनाल्डो छन् । फ्रान्स त पहिल्यै देखि मनपर्ने टिम हो ।’

सागर उपाधिको दाबेदार भने जर्मनी र फ्रान्सलाई मान्छन् । ‘युरो कपका सबै टोली उत्कृष्ट छन् । मलाई फ्रान्स र जर्मनी उपाधिका प्रमुख दाबेदार हुन् जस्तो लाग्छ । फ्रान्स विश्व विजेता पनि हो', उनले भने, 'फ्रान्ससँग युवा तथा अनुभवी खेलाडीको राम्रो समिश्रण छ ।  सबैभन्दा ठूलो कुरा राम्रो टिमवर्क छ।केलियन एमबाप्पे, एन्टोनी ग्रिजमन, करिम बेन्जिमाजस्ता उत्कृष्ट खेलाडी रहेकाले पनि फ्रान्स उपाधि दाबेदार बनेको हो ।'

जर्मनीको टिम बारेमा उनी भन्छन्, ‘जर्मनी पनि पछिल्लो समय आकर्षक फुटबल खेलिरहेको छ । युवा खेलाडी निडर भएर खेलिरहेका छन् । उनीहरूले पनि राम्रो टिमवर्क देखाएका छन् । जर्मनीको आक्रामक शैली मलाई निकै मनपर्छ । थोमस मुलर, टोनी क्रुस, म्यानुएल नोयरजस्ता विश्वस्तरीय खेलाडी छन् । जर्मनीले पनि उपाधि उचाल्न सक्छ ।’

 
 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १६:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया