logo-img

बेल्जियमका हाजार्ड र डे ब्रुएन घाइते

युरो कप फुटबलको अन्तिम १६ अन्तर्गत आइतबार राति भएको साविक विजेता पोर्चुगल विरुद्धको खेलमा बेल्जियमका दुई महत्वपूर्ण खेलाडी घाइते भएका छन् । 

पोर्चुगललाई १-० हराउँदै क्वाटरफाइनल प्रवेश गरेको खेलमा कप्तान इडेन हाजार्ड र मिडफिल्डर केभिन डे ब्रुएन घाइते भएका हुन् । ब्रुएन पहिलो हाफको अन्त्यतिर पोर्चुगलका जाआओ पाल्हिन्हाको खराब ट्याकलको सिकार बनेका थिए ।

ब्रुएनले दोस्रो हाफमा मैदान प्रवेश गरे पनि लामो समय खेललाई जारी राख्न भने सकेनन् । ४८औँ मिनेटमै खेल्न नसक्ने बताएपछि उनको स्थान ड्रिज मार्टेन्सले लिएका थिए । 



ह्यामस्ट्रिङको चोट बल्झिएपछि हाजार्डले ८५औँ मिनेटमा मैदान छाडेका थिए । बेल्जियमले उनको स्थानमा यानिक कारास्कोलाई मैदानमा उतारेको थियो । 

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले दुवै खेलाडीहरुको अवस्थाको बारेमा ४८ घन्टा भित्र थाहा हुने बताएका छन् । 

‘दुवै बेल्जियमका लागि निकै महत्वपूर्ण छन् । त्यसैले हतारमा कुनै निर्णय लिने छैनौँ । चोट कस्तोे हो भन्ने ४८ घन्टाभित्र थाहा हुन्छ’, मार्टिनेजले भने, ‘आशा छ, उनीहरुको चोट गम्भीर छैन ।’ 



दुवै खेलाडीको चोट गम्भीर भएको खण्डमा बेल्जियमलाई क्वाटरफाइनलमा इटाली विरुद्ध निकै गाह्रो पर्ने देखिन्छ । यी दुई बीचको क्वाटरफाइनल खेल जुलाई २ मा हुनेछ ।



  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १४:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया