मुकुन्डो अनलाइन सपिङको छुट्टै लय

यसै वर्ष फेब्रुअरीदेखि सञ्चालनमा आएको मुकुन्डो अनलाइन सपिङ छोटो समयमै विश्वसनीय बन्न पुगेको छ । यसले नेपाली सामानको उत्थान र बिक्रीमा छुट्टै लय समातेको छ ।

यो अनलाइन सपिङमा पाँच हजारभन्दा बढी प्रकारका सामान उपलब्ध छ । यसको मुख्य ध्येय व्यवसाय नै भए पनि ग्रामीण भेगमा उत्पादन भएका सामानलाई काठमाडौंसम्म ल्याई सर्वसुलभ मूल्यमा बिक्री गर्नाले मुकुन्डो बजारमा सक्रिय अनलाइन सपिङमा एउटा छुट्टै परिचय स्थापित गर्ने विश्वास गर्न सकिन्छ । यो अनलाइन पाँचजना मिलेर स्थापना गरेका हुन् ।  संस्थापक यदु भट्टराई भन्छन्, ‘नेपाली समानको उत्थानका लागि यो अनलाइन सपिङ स्थापना गरेका हौं । दैनिक एउटा सामान बढाइरहेका छौं ।’ अन्य अनलाइन सपिङ स्टोरभन्दा फरक ढंगले मुकुन्डोलाई अघि बढाउने उनको योजना छ । 

के छ त नयाँ ?

मुकुन्डो नेपालमा नै पहिलो ‘फ्री डेलिभरी सर्भिस’ सुविधा दिने अनलाइन सपिङ स्टोर हो । अन्य अनलाइन सपिङको तुलनामा जति रकमको सामान किने पनि काठमाडौं उपत्यकामा फ्री डेलिभरीको व्यवस्था रहेको भट्टराईले बताए । ‘ग्राहकले सय रुपैयाँको सामान किने पनि हामी फ्री डेलिभरी गर्छौं,’ उनी भन्छन्, ‘अहिले कोरोना संक्रमणका कारण केही सामान लन्च गर्न सकेका छैनौं । अब बजार खुलेपछि व्यवसाय विस्तार गर्ने छौं ।’

यो अनलाइन हाल काठमाडौं उपत्यकामा मात्र क्रियाशील छ । यसलाई अझै व्यवस्थित बनाउँदै नेपालका अन्य जिल्लाहरूमा पनि फैलाउने उद्देश्य रहेको भट्टराईले जानकारी दिए ।

यसको अनलाइन सपिङमा पहिलो पटक ‘लग इन’ गर्दा सय रुपैयाँबराबर बोनस पाइन्छ । तर, यति बोनस प्राप्त गर्नका लागि पाँच सय बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । एकजनाले जति जनालाई मुकुन्डोको अफिसियल पेज कपी लिंक गरेर सेयर गर्छ, प्रत्येक सेयरमा पचास रुपैयाँबराबरको बोनस व्यक्तिको अकाउन्टमा पठाइन्छ । यसले मार्केटिङ तथा प्रमोसनमा मद्दत पुग्ने कम्पनीको विश्वास छ ।



कुनै ग्राहकलाई मुकुन्डोका सामान फिर्ता गर्नुपर्दा अर्को सामान रिप्लेस गरी दिइनेछ । सामान फिर्ताको क्रममा ग्राहकको प्रतिक्रिया पनि बुझ्ने गरिएको संस्थाले बताएको छ । हाल मुकुन्डोमा २१ जना कर्मचारी कार्यरत छन् ।  

‘अर्गानिक नेपाली सामान ठाउँठाउँबाट खरिद गरेर व्यावसायिक तरिकाले अघि बढ्ने तयारीमा छौं,’ भट्टराईले भने, ‘यसबाट ग्रामीण भेगका साना किसान पनि लाभान्वित हुने छन् ।’



संक्रमणको खतरा कम हुँदै गर्दा अब सामान खरिद तथा संकलनमा पनि जोड दिने उनको भनाइ छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा उपलब्ध खाद्यान्नलगायत अन्य सामानसमेत फ्री डेलिभरी अनलाइनले गर्दै आएको भट्टराईले बताए । 

कसरी स्थापना भयो मुकुन्डो ?

मुकुन्डो अनलाइन सपिङ एमबिसिस (एमबीएसवाईएस) ग्रुप नेपाल कम्पनीअन्तर्गतको पहिलो व्यवसाय हो । पाँचजनाको संयुक्त लगानी र सहयोगमा स्थापना भएको यो कम्पनीअन्तर्गत आईटीका कार्यक्रमसमेत सञ्चालन गरिएको छ । यसले हाल कीर्तिपुरबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

‘ग्राहक तथा प्रयोगकर्ताबाट प्रतिक्रिया सकारात्मक पाएकोले अझै राम्रो गर्दै जाने छौं,’ भट्टराईले भने, ‘व्यवसाय आरम्भको छोटो समयमै राम्रो प्रतिक्रियाले थप अग्रसर भई काममा लाग्न प्रेरित गरेको छ ।’ अब जुम्लाबाट पनि त्यहाँका मौलिक उत्पादन ल्याई काठमाडौंमा त्यसको बिक्री गर्ने योजना रहेको उनले बताए ।  

सामान सड्ने, गल्ने तथा बिग्रिएको अवस्थामा रिप्लेस गर्ने व्यवस्था रहेको उनले जानकारी दिए । तरकारी तथा खाद्य सामग्री नबिग्रियोस् भनेर स्टोर तथा कुलिङ स्टोरको व्यवस्था गरिएको उनको भनाइ छ । ‘फ्रेस (ताजा) र नयाँ वस्तु तथा सामानको डेलिभरीमा हामीले जोड दिँदै आएका छौं,’ भट्टराईले भने । 

अन्य अनलाइन भन्दा छिटो डेलिभरी तथा काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा पनि निःशुल्क सामान पुर्‍याउने हुनाले पछिल्लो समय मुकुन्डो निकै प्रभावकारी बन्दै गएको छ ।

  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १६:१०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया