कोपा अमेरिका : ७ पेनाल्टी, ३ आत्मघाती गोल र ६ रातो कार्ड

विश्वकै सवैभन्दा पुरानो मध्येको एक र दक्षिण अमेरिकी फुटबलको ठुलो प्रतियोगिता कोपा अमेरिका यति बेला ब्राजिलमा सञ्चालन भइरहेको छ । 

सन् १९१६ बाट सुरु भएको प्रतियोगिताको ४७ औँ संस्करणमा सेमिफाइनल समीकरण पुरा भएको छ । 

यसपटकको कोपा अमेरिकामा आयोजक ब्राजिल, अर्जेन्टिना, पेरु र कोलम्बियाले सेमिफाइनलमा स्थान बनाउन सफल भए । 

सेमिफाइनल मंगलबार र बुधबार हुने छ । प्रतियोगिताको क्वाटरफाइनल सम्मका खेल हुँदा ७ वटा पेनाल्टी प्रदान गरिएको छ । जसमा ६ पेनाल्टी सदुपयोग हुँदा १ पेनाल्टी भने गोलमा परिणत हुन सकेन । 

७ पेनाल्टी 

प्रतियोगिताको उद्घाटन खेलमै ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो । भेनेजुएला विरुद्ध पाएको यो अवसरलाई नेइमारले सदुपयोग गरे ।  



प्रतियोगितामा बोलिभिया, अर्जेन्टिना, उरुग्वे, चिली, कोलम्बिया र पाराग्वेले पनि १-१ पेनाल्टीको अवसर पाउँदा चिली बाहेक सबैले सदुपयोग गरेका छन ।
अर्जेन्टिना विरुद्ध पाएको पेनाल्टी अवसरलाई चिलीका आर्टुरो भिडालले सदुपयोग गर्न सकेनन् । 

 ३ आत्मघाती गोल 



प्रतियोगितामा हालसम्म ३ आत्मघाती गोल भएको छ । यसको सुरुवात पेरु विरुद्धको खेलबाट कोलम्बियाका यारी मिनाले गरेका थिए । 
पेरुविरुद्ध नै इक्वेडरका रेनाटो टापिया र उरुग्वे विरुद्ध बोलिभियाका जाइरो क्विनटिरोसले अत्मघाती गोल गरे । 

६ रातो कार्ड

कोपा अमेरिकामा हालसम्म ६ खेलाडीले रातो कार्डको सामना गर्नु परेको छ ।  प्रतियोगिताको पहिलो रातो कार्ड पाराग्वे विरुद्धको खेलमा बोलिभियाका जाउमे क्युलरले पाएका थिए । 

पेरु र पाराग्वेबीचको खेलमा दुवै टिमका १-१ खेलाडीले रातो कार्ड पाए । पाराग्वेका गुस्ताभो गोमेज र पेरुका आन्दे्र कारिलोले रातो कोर्ड व्यहोरेका हुन् । 
कोलम्बियाका लुइस डियाजले भेनेजुएला, ब्राजिलका गाब्रियल जिससले चिली र इक्वेडरका पिइरो हेन्कापीले अर्जेन्टिनाविरुद्ध रातो कार्डको सामना गरे ।  
 

  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १४:३४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया