हुलास वायरले १५० मजदुर निकालेपछि उद्योगको गेटमा धर्ना

गोल्छा अर्गनाइजेसनको स्वामित्वमा रहेको हुलास वायर इन्डस्ट्रिजका मजदुर आन्दोलित भएका छन् ।

वर्षौदेखि काम गर्दै आएका मजदुरलाई कामबाट निकालेको विरोधमा सुनसरी-मोरङ औद्योगिक करिडोरमा रहेको  उद्योगको गेटमा आज बिहानैदेखि धर्नामा बसेका छन् ।

बिना जानकारी प्रशासनले कामबाट निकालेको  विरोधमा आन्दोलित हुनु परेको मजदुरहरूले जनाए ।

एक्कासी काममा जान रोक लगाएकाले  आन्दोलित हुनु परेको  मजदुर फेकु माझीले बताए । माझीलाई किन र के कारणले मजदुरलाई काममा रोक लगाइयो यसको बारेमा केही थाहा नभएको उनको भनाइ छ ।

उद्योगले १५० जना मजदुरलाई कामबाट निकालेको मजदुरहरूले जानकारी दिए । प्रशासनले भने ८६ जना मजदुरलाई कामबाट निकालेको पुष्टि गरेको छ ।

उद्योग प्रशासनले ५ वटा जिआई प्लान्टमध्ये ४ वटा प्लान्ट बन्द भएकाले मजदुरलाई काम दिन नसकिएको जनाएको छ ।



उद्योगको उत्पादन सिजनल भएका कारण अहिले उद्योगमा समस्या भएको उद्योगका म्यानेजर मुकेश कोठारीको भनाइ छ । उनले  मजदुरलाई केही दिनका लागि काममा नआउन भनेको बताए ।

उनका अनुसार मजदुर आन्दोलित हुनुको कारण त्यस्तो केही पनि छैन ।



उत्पादन भएका सामग्री बिक्री नभएको र अहिले एउटै मात्र प्लान्ट सञ्चालनमा रहेको र अन्य ४ वटा सञ्चालनमा नआउन्जेल मजदुरलाई काममा राख्न नसकिने उद्योगले जानकारी दिएको छ । 

  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार १३:४०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया