logo-img

कार्यदल बैठकबारे गोकर्ण विष्ट : हिजोभन्दा आज प्रगति भएको छ, समाधानको बिन्दुतर्फ छ

नेकपा एमालेको मिलनबिन्दु खोज्ने प्रयास लगभग अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् । सिंहदरबारमा आज बसेको एमाले कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग जोडिँदै नेताहरुले समाधानको बिन्दुतर्फ गएको प्रतिक्रिया दिएका हुन् । 

बैठकपछि नेपाल समूहका नेता गोकर्ण विष्टले अब निष्कर्षमा पुग्न लामो समय नलाग्ने बताएका छन् । सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै विष्टले भने, ‘हामी लगभग समाधानको बिन्दुमा पुगेका छौँ । २/४ घन्टा अझै समय लिन सक्छ तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’

आफूहरुले पहिल्यैदेखि यही भाषा प्रयोग गर्दै आइरहेको बताउँदै विष्टले भने, ‘हरेक दिनको बैठकमा प्रगति भइरहेको छ । सकभर आज बेलुकाकै बैठकबाट समाधानमा पुग्ने प्रयास रहन्छ ।’ 

विष्टले अघि भने, ‘हिजो दुईजना नेताहरुबीच भएको संवादपछि आज बसेको चौंथो बैठकमा कार्यदलले औपचारिक रुपमा छलफल गरेको विषय र औपचारिक रुपमा छलफल गरेर निष्कर्षमा पुगेका विषयहरुको सन्दर्भमा आज छलफल गरियो । कतिपय विषयमा हिजोभन्दा आज प्रगति भएको छ । केही कुरामा बाँकी विषयलाई टुंगोमा लाने गरी फेरि छलफल बस्दैछौँ ।’





  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार १४:१०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया