टेनिस लिजेन्ड रोजर फेडेररले टोकियो ओलम्पिक नखेल्ने

स्विस टेनिस लिजेन्ड रोजर फेडेररले टोकियो ओलम्पिकमा सहभागी नहुने भएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफूले टोकियो ओलम्पिक नखेल्ने जानकारी गराएका हुन् । 

फेडेररले चोटका कारण ओलम्पिक खेल्न नसक्ने बताएका छन् । उनले भर्खरै सम्पन्न विम्बल्डन टेनिस खेलेका थिए । उनी प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिए ।

२० पटक ग्रान्डस्लाम विजेता ३९ वर्षीय फेडेररले ओलम्पिक टेनिसमा एकल तर्फको स्वर्ण जित्न नसके पनि सन् २००८ कोे बेइजिङ ओलम्पिकमा डबल्सतर्फ भने स्वर्ण जितेका थिए । 

बेलायतकी टेनिस खेलाडी जोहना कोन्टेले पनि टोकियो ओलम्पिक गुमाउने भएकी छन् । आफ्नो टिमका सदस्यमा कोरोना पुष्टि भएपछि कोन्टेले ओलम्पिक खेल्न नपाउने भएकी हुन् ।

ओलम्पिक यही जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियो सहरमा हुनेछ । 
 





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार ८:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया