आजको मौसम कस्तो छ ?

हाल मनसुनको न्यून चापीय रेखा तराई भूभाग नजिक रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ । 

आज(मंगलबार) दिउँसो सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

बाग्मती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ ।





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार ६:५२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया