logo-img

इराकमा बम विष्फोट हुँदा ३५ जनाको मृत्यु

इराकको राजधानी बग्दादमा आत्मघाती बम विष्फोट हुँदा कम्तीमा पनि ३५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ ।

विष्फोटमा परी महिला र बच्चाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।



सोमबार साद्र सहरको वाहैलत मार्केटमा बम विष्फोट भएको इराकको सैनिकले बताएको छ । मनिसहरू इद–अल–अदा पर्वको लागि किनमेल गरिरहेका थिए । 

आइएसआइएसले आफ्नो एक सेनाले भीडमा गइ बम विष्फोट गराएको भनी घटनाको जिम्मेवार आफू रहेको दावी गरेको छ ।





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार ७:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया