सुरु भयो ‘आँधी तूफान-२’को छायांकन

कोरोनाका कारण ठप्प भएको मनोरञ्जन उद्योग बिस्तारै चलायमान बन्दै गएको छ । रोकिएका चलचित्रहरूको छायांकन पुनः सुरु भइरहेका छन् । यसैबीच चलचित्र ‘आँधी तूफान-२’को छायांकन पनि सुरु भएको छ ।

मौनता श्रेष्ठको लेखन एवं निर्माणमा बन्न लागेको यो चलचित्रको छायांकन बीचमै रोकिएको थियो । यो चलचित्रको छायांकन आइतबारबाट पुनः सुरु गरिएको चलचित्र निर्माता श्रेष्ठले जानकारी दिए ।

झण्डै १५ प्रतिशत छायांकन भएपछि चलचित्रको काम रोकिएको थियो । काठमाडौंबाट छायांकन सुरु गरेको चलचित्र युनिट सोमबार काभ्रेको धुलिखेल पुगेको छ । भदौको पहिलो साता चलचित्रको सम्पूर्ण छायांकन सक्ने योजनासहित छायांकनमा निस्किएको श्रेष्ठको भनाइ छ ।

१४ वर्षअघि महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको चलचित्र ‘आँधी तूफान’को सिरिजका रूपमा निर्माण भइरहेको यो चलचित्रलाई मदन घिमिरेले निर्देशन गरिरहेका छन् । चलचित्रमा आरती आचार्य, सोनी बिसी, याङसु श्रेष्ठ लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १२:९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया