गठबन्धनको बैठक बालुवाटारमा, माधव नेपाल पक्षधर विजय पौडेल सहभागी

सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । बालुवाटारमा आज बिहान सुरु भएको बैठक अहिले पनि जारी छ । सरकारले आगामी दिनमा गर्नु पर्ने काम र मन्त्रिपरिषद् विस्तारका लागि यो बैठक आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएका हुन् । 

गठबन्धनको बैठकमा देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरूको सहभागिता रहेको छ । 

प्रधानमन्त्री देउवाले आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्न चाहेका छन् । तर, जनता समाजवादी पार्टीले अहिलेसम्म मन्त्री बन्नेको नाम टुंगो लगाउन सकेको छैन । 

स्रोतका अनुसार आजको गठबन्धन बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता डा. विजय पौडेल सहभागी भएका छन् । यसअघिको गठबन्धनको बैठकमा नेपाल स्वयं उपस्थित भएका थिए । 

एमाले नेता नेपाल गठबन्धनको बैठकमा उपस्थित भएपछि उनको पार्टी एमाले विभाजित हुने अनुमान धेरैले गरेका छन् ।






  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार ११:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया