logo-img

राष्ट्रिय सभामा बिडारीले भने– परमादेश भनेको थाहा छैन ?

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले परमादेशविरुद्ध भएका विषयमा चर्को आलोचना गरेका छन् । बिडारीले राष्ट्रिय सभामा बोल्दै अहिले प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपतिबाट नियुक्त भएको बताएका छन् ।

‘परमादेशबाट नै एमाले र माओवादी दल खडा भएको तर अहिले परमादेशबारे विभिन्न आलोचना भएको बताएका छन्,’ उनले राष्ट्रिय सभामा भनेका छन्, ‘अदालतको फैसलाबारे जनताले विद्रोह पनि गर्न सक्छन् । तर, अहिले हामी सांसद अदालतको फैसलाको विरुद्ध कुरा गरिरहेका छौँ ।’

उनले संसदमा सांसदले अदालतको विरोधमा कुरा गर्न नमिले पनि अहिले यस्तो गरिएको भन्दै यसको व्यापक विरोध गरेका छन् ।



उनले नर्वे, जापानलगायतका देशको उदाहरण दिँदै त्यहाँ संसद विघटन हुने चलन नरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निरंकुश भन्दै बिडारीले संविधानवादको अनावश्यक रटान लगाएको आरोप पनि लगाएका छन् ।





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १३:५३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया