‘जिण्दगी यस्तै नै रहेछ’ बोलको तिज गीत सार्वजनिक भएको छ । गीतमा सुरक्षा सिन्चुरी र अजय कार्कीको स्वर रहेको छ । सिन्चुरी रियालिटी सो भ्वाइस अफ नेपाल सिजन ३ को नकआउट चरणबाट बाहिरिएकी थिइन् ।
गीतकार तथा मोडल दर्पन राईले निर्देशन गरेको भिडियोमा प्रकाश सपुत र समीक्षा बस्नेतलाई फिचरिङ गरिएको छ ।
लोक ब्याटल्समा आधारित गीतको म्युजिक भिडियो आरके मानन्धरले खिचेका हुन् भने भिडियोको कन्सेप्ट निर्देशक राई स्वयंको रहेको छ ।
यस गीतको शब्द तथा संगीत गायक कार्कीकै रहेको छ । एमएएस इन्टरटेनमेन्टको ब्यानरबाट युट्युबमार्फत सार्वजनिक भएको गीतको निर्माण पनि यसै कम्पनीले गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।