लक्षित समूहभन्दा अन्यको चाप बढेपछि टेकु र वीर अस्पतालमा खोप कार्यक्रम स्थगित

लक्षित समूहभन्दाबाहेकका व्यक्तिको घुसपैठका कारण टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र वीर अस्पतालमा कोरोनाविरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ।

उक्त क्षेत्रमा घुसपैठ नियन्त्रण गर्न कठिन भएको र संक्रमित बिरामीको चाप बढ्दै गएकोले पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । 

महानगरपालिकाले ५० वर्षभन्दा माथिका व्यक्ति, शिक्षक र चालकहरुका लागि खोप केन्द्र तोकेको छ भने अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि राधास्वामी आइसोलेसन सेन्टर, टेकु, वीर, शिक्षण र निजामति अस्पतालमा खोप केन्द्र तोकिएको छ।

त्यसैगरी, विदेशमा काम गर्न जानेका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ।

काठमाडौंमा ६६ वटा खोप केन्द्र तोकिएकामध्ये बिहीबार ५६ खोप केन्द्र सञ्चालन भएको थियो। विभिन्न कारणले टोखा, बूढानीलकण्ठ र चन्द्रागिरि नगरपालिकामा खोप केन्द्र सञ्चालन भएका छैनन् ।





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार २१:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया