प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले मन्त्री पदका विषयमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठमाथि व्यङ्ग्य गरेका छन् ।
बाँस्कोटाले सामाजिक सञ्जालमार्फत माओवादीका उपाध्यक्ष श्रेष्ठमाथि व्यङ्ग्य गरेका हुन् । उनले श्रेष्ठ मन्त्री पदका लागि लागिपरेको तर नपाउने पक्का भएको भन्दे राजनीतिको खिचडी पाक्न गाह्रो हुने बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण श्रेष्ठ मन्त्री बन्न नपाउने अवस्थामा पुगेको बाँस्कोटाको भनाइ छ । उनले अघिल्लो सरकारमा पनि मन्त्री बन्न लागेका श्रेष्ठ रोकिएको भन्दै अहिलेको सरकारमा पनि मन्त्री नपाउने बताएका हुन् ।
बाँस्कोटाले प्रचण्डकै अनुरोधमा श्रेष्ठलाई मन्त्री नबनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लागेको भन्दै श्रेष्ठमाथि व्यङ्ग्य गरेका छन्, ‘हैट् गाह्रो रै छ हो राजनीतिको खिचडी पाक्न !’
यता पानीबाट घ्यु निकालौला झै गरी मदानी खिउन्जेल चमत्कार हुने भ्रमपुर्ण आशामा पानीमा मदानी घुमाई रहने उता सुप्रिमोकै अनुरोधमा देउवाले काजी कमरेडलाई दुईवर्ष देखिको मन्त्री बन्ने मुर्क्षीत सपना पुरा गर्न सक्दिन भन्देछन।हैट गाह्रो रै छ हो राजनीतिको खिचडी पाक्न!!!
— Gokul Prasad Baskota (@GokulPBaskota) August 2, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।