पूर्वमाओवादी ४ नेताको रिटमा सुनवाइ सुरु, महन्थको रिट पनि खतिवडाकै इजलासमा

सर्वोच्च अदालतमा आज दुई राजनीतिक मुद्दामा सुनुवाइ हुने पेसी तोकिएको छ । पूर्वमाओवादी नेताहरुले आफ्नो सांसद पद बहालका लागि दिएको रिट र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णय विरुद्धमा दिएको रिटमा आज पेसी तोकिएको हो ।

पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुले पार्टी नत्यागेकाले सांसद पद फिर्ता हुनपर्ने भन्दै दिएको रिटमा सुनुवाइ सुरु भएको छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ सुरु भएको हो ।  नेकपा एकीकरण बदर भएपछि केपी शर्मा ओलीसँगै नेकपा एमालेमा बसेका पूर्वमाओवादी ४ नेताले आफूहरुको सांसद पद बहाली हुनुपर्ने भन्दै रिट हालेका थिए । 

न्यायाधीश खतिवडाकै इजलासमा जसपाका अध्यक्ष ठाकुरले दिएको रिटको पनि पेसी तोकिएको छ । पूर्वमाओावदी नेताहरुको रिटमा सुनुवाइ सकेलगत्तै ठाकुरको रिटमाथि सुनुवाइ सुरु हुने गरी पेसी रहेको छ । 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १३:१७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया