कोरोना अपडेट : थप ३७२९ जनामा संक्रमण, २५ जनाको निधन
फरकधार / २२ साउन, २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७२९ जना कोरोना संक्रमित थपिएका छन् । 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६७५ नमुनामध्ये ९ हजार ४९३ जनाको पिसिआर र ६ हजार १८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना कोरोनामुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १७:३१:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया