logo-img

निर्देशक सुमन दाहालकाे हेर्दा हेर्दै‍....सार्वजनिक

केही समयदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहाल त्यहाँ पनि निर्देशनमा सक्रिय छन् । यसै क्रममा दाहालले आफ्नो निर्देशनमा नयाँ गीत हेर्दा हेर्दै…को म्युजिक भिडियो अमेरिकामै छायाँकन गरेर सम्राट क्रियसन युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् ।

प्रस्तुत गीतलाई सुदन डोटेलले लेखेका हुन् । सरोज प्याकुरेलले संगीत भरेको गीतमा कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको छ । गीतलाई भोला पौडेलले रेकर्डिङ गरेका हुन् । जसमा मनोहर सुनामको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा भुवन लोहनी र रंजिता ढकालको अभिनय रहेको छ । मोडल भुवनको जन्मदिनको अवसर पारेर शनिबार यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।



गीतको भिडियोलाई विकाश घले गुरुङले कोरियोग्राफी गरेका हुन् । जसमा पवन गौतमको छायाँकन, भुपेन्द्र अधिकारीको सम्पादन, अक्की शर्माको ड्रोन, रेनिश फागोको कलरिङ रहेको छ । यो नृत्य प्रधान गीतमा भुवन र रंजिताको जोडीको अभिनय आकर्षक छ । निर्देशन सुमन दाहालले गीतको भाव अनुसारको भिडियो तयार गरेका छन् ।

भिडियाे हेर्नुहाेस् :





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १३:३९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया