तालिबानले उत्तरी अफगानिस्तानको प्रदेश जाव्जानको राजधानी शेबरघान पनि आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ ।
तालिबानले यस्तो दाबी गरे पनि अफगानी सरकारले यसलाई स्वीकार गरेको छैन । अफगानिस्तानका रक्षा मन्त्रालयका प्रवक्ताले अहिले पनि त्यो सहरमा अफगानी सुरक्षाकर्मी भएको र केही समयमा नै तालिबानलाई त्यहाँबाट धपाउने बताएका छन् ।
तालिबानले यसरी आफ्नो कब्जामा लिएको यो दोस्रो ठूलो अफगानिस्तानको सहर हो ।
अर्कोतिर तालिबानले अहिले उत्तरी अर्को सहर कुन्डुज र दक्षिणी सहर लश्कर गाहमा पनि आक्रमण बढाएको समाचार अन्तर्राष्ट्रिय सन्चारमाध्यममा आएका छन् ।
२० वर्षपछि अमेरिकी र अन्य विदेशी सेनाहरु अफगानिस्तानबाट फर्किएपछि अफगानिस्तानमा तालिबानको आक्रमण फेरि बढ्न थालेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।