logo-img

मध्यपश्चिम विश्वविद्यालय : प्रहरीले बल प्रयोग गर्दा सात विद्यार्थी घाइते

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलनमा रहेका विद्यार्थीमाथि प्रशासनले प्रहरी लगाएको छ । विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गर्दा सातजना विद्यार्थी घाइते भएका छन । 

घाइते हुने विद्यार्थी नेताहरुमा दीपेन्द्रजंग शाही, भूपेन्द्र बम, केशव खड्का, रोशन बस्नेत, गोविन्द सिजापती, तेजबहादुर बम, रोशन मिश्र, सन्देश थापालगायत छन् । केही विद्यार्थी नेतालाई प्रहरीले  नियन्त्रणमा लिएको छ । 
 
यस घटनाको विषयमा प्रहरीसँग बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यलयका डिएसपी रामप्रसाद घर्तीले कुरा गर्न चाहेनन् । 
 
घाइतेहरु हाल प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । उनीहरुको टाउकोमा गम्भीर चोट लागेको अस्पताल स्रोतले जनाएको छ ।







  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार १९:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया