कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा पुनः तनाव सिर्जना भएको छ ।
क्याम्पस परिसरवरपर उपकुलपतिविरुद्ध संयुक्त विद्यार्थी संगठनले चर्को नाराबाजी गरिरहेको छ ।
आन्दोलनकारीले ‘नालायक उपकुलपति राजीनामा दे’, ‘संयुक्त विद्यार्थी आन्दोलन जिन्दावाद’, ‘शैक्षिक माफिया मुर्दावाद’, ‘हतियारधारी गुन्डागर्दी बन्द गरजस्ता नारा लगाएका छन् ।
विद्यार्थीको हुल नाराबाजी गर्दै उपकुलपति निवासमा पुगेको छ । मंगलबार साँझ विद्यार्थीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र विद्यार्थीबीच भएको झडपमा सात विद्यार्थी घाइते भएका थिए ।
आन्दोलनकारीले प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई तत्काल रिहाइ गरिनुपर्ने र उपकुलपति नन्दबहादुर सिंहले तत्काल राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।