अफगानिस्तानबाट नेपाली ल्याउने काम यो निकम्मा सरकारले गर्छ कि गर्दैन ?: खगराज अधिकारी

नेकपा एमाले सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले सरकारको क्षमता र समय सान्दर्भिक विषयमाथि प्रतिनिधिसभा प्रश्न उठाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अधिकारीले वर्तमान सरकार गम्भीर नभएको भन्दै प्रश्न उठाएका हुन् ।

यसअघिको केपी शर्मा ओलीको सरकारले ल्याएको कोरोनाभाइरसविरुद्धको खोप नै वितरण गरेर अहिले सत्तापक्षका सांसदले आफूहरुले खोप दिएको दाबी गरेको पनि उनले आरोप लगाएका छन् ।

‘केपी ओली सरकारले ल्याएको खोप आफूले ल्याएको जस्तो सत्तापक्षका सांसदले गर्नु भएको छ,’ उनले भने, ‘तर, सबै देश अहिले आफ्ना नागरिकप्रति जिम्मेवार भएका छन्, तर नेपाल सरकारले के गरेको छ ?’

अफगानिस्तानमा पछिल्लो समय तालिबान समूहले द्वन्द्व बढाउँदै गर्दा अरु देशहरुले नागरिक फिर्ता लगेको तर नेपाल सरकार यसमा गम्भीर नभएको आरोप पनि उनले लगाएका छन् ।

‘नेपालीको मन दुखेको छ,’ उनले भने, ‘अफगानिस्तानमा नेपाली अर्तनाद गरिरहेका छन्, निकम्मा सरकारले केही गर्छ कि गर्दैन ?’



उनले अफगानिस्तानमा दुःख पाइरहेका नेपालीलाई सरकारले नल्याएसम्म यो सरकारलाई अरु काम गर्न नदिने पनि बताएका छन् । ‘उनीहरुलाई सुरक्षित रुपमा ल्याउनु पर्छ,’ उनले भने, ‘नत्र यो सरकार निकम्मा हो ।’



  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १८:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया