माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  गौशालास्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको हो । 

आजदेखि सुरु भएको बैठक केही दिनसम्म चल्ने माओवादी नेताहरुले जानकारी दिएका छन् । आज बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुवाती सम्बोधन गर्ने कार्यतालिका रहेको छ । 

आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीति तथा सांगठनिक विषय समेटिएको प्रतिवेदन पेस गर्नेछन् । उक्त प्रस्तावमा पार्टीको समग्र विषय र आगामी राजनीतिक रणनीतिको बारेमा पनि उल्लेख भएको बताइएको छ । 

आजदेखि हुने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नका लागि हिजो शुक्रबार माओवादीको स्थायी समिति बैठक बसेको थियो । उक्त बैठकले पारित गरेका एजेन्डामा आजदेखि छलफल हुनेछ ।





  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १२:४५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया