पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवस समारोहमा उपराष्ट्रपति पुन सहभागी

पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका तर्फबाट उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका छन् । शनिबार साँझ आयोजित स्वागत समारोहमा संक्षिप्त मन्तव्य राख्दै उपराष्ट्रपतिले नेपालको विकास प्रयासमा पाकिस्तानले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा पाकिस्तानी राष्ट्रपति डा. आरिफ आल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेसीले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेका शुभकामना सन्देश वाचन गरिएको थियो ।

यसअघि शनिबार बिहान पाकिस्तानी दूतावासमा आयोजित कार्यक्रममा कार्यबाहक राजदूत अदनान जावेद खानले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएर दूतावासमा कार्यरत सबैमा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका थिए । 





  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार २१:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया