साफ च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्ने

माल्दिभ्समा हुने १३ औँ संस्करणको साफ च्याम्पियनको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार निकालेको तालिका अनुसार प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म हुनेछ ।

माल्दिभ्स, नेपाल, भारत, श्रीलंका र बंगलादेश सहभागी रहेको प्रतियोगिताका सबै खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन हुनेछन् । 

तालिका अनुसार उद्घाटन खेलमा आयोजक माल्दिभ्स र नेपाल प्रतिस्पर्धा गर्नेछन् । यो खेल स्थानीय समय अनुसार अपरान्ह ४ बजे हुनेछ । सोही दिन हुने दोस्रो खेलमा श्रीलंका र बंगलादेश आमनेसामने हुनेछन् ।

नेपालले दोस्रो खेल अक्टोबर २ मा श्रींलका, तेस्रो खेल अक्टोबर ८ मा भारत र समूह चरणको चौथो तथा अन्तिम खेल अक्टोबर ११ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा समूह चरणका  शीर्ष दुई टोलीले अक्टोबर १३ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 


 





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १६:१८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया