logo-img

उखु किसानलाई बक्यौता रकम तत्काल उपलब्ध गराउन ६ किसान संगठनको माग

उखु किसानले चिनी मिलबाट पाउनुपर्ने बक्यौता तत्काल उपलब्ध गराउन ६ वटा किसान संगठनले माग गरेका छन् । 

वर्षौंसम्म उखुको भुक्तानी नदिएर गरिब किसानलाई समस्यामा पारेको भन्दै किसान संगठनहरूले संयुक्त विज्ञप्ति निकालेर तत्काल भुक्तानीको व्यवस्था मिलाउन माग गरेका हुन् ।

यसअघि उखु किसानहरूले भुक्तानी माग्दै आन्दोलन गर्दा सरकारले समय नै तोकेर उखुको बक्यौता रकम दिने बताएको भए पनि अझै धेरै किसानहरूले रकम नपाएको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले किसानको बक्यौता तिराउन आनाकानी गरेमा सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिँदै किसानको पसिनाको मूल्य उद्योगीबाट तिराउन उनीहरुले माग गरेका छन् । 





  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार १८:५०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया