पूर्वमन्त्री प्रेम आले पनि पुगे चन्द्रागिरि

चन्द्रागिरिमा जारी माधव नेपाल समूहको बैठकमा केपी ओली सरकारका वनमन्त्री प्रेमबहादुर आले पनि पुगेका छन् । बैठकमा आलेसहित ३१ जना सांसद पुगेको स्रोतले दाबी गरेको छ ।  

नयाँ पार्टी निर्माणमा जुटेको नेपाल समूह अहिले पार्टीको विधाननिर्माणका लागि चन्द्रागिरिमा भेला भएका छन् । 

माधव नेपाल समूह अहिले नेकपा एमालेबाट विभाजित भएर एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामा छ । निर्वाचन आयोगले सो समूहको निवेदन सनाखत गरिरहेको छ ।

पूर्वमन्त्री आले ओली सरकारको बचाउमा दिएका अभिव्यक्तिका कारण चर्चामा आएका थिए ।   

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बेला आलेले एमालेको ह्विप अस्वीकार गर्दै मत दिएका थिए । त्यसयता उनी माधव नेपाल समूहका गतिविधिमा सक्रिय छन् । 





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार २१:४५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया