आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज तथा पपुवा न्युगिनीसँगको एक दिवसीय सिरिज खेल्ने नेपाली क्रिकेट टोली मंगलबार(आज) ओमान प्रस्थान गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली आज विहान ८ बजे सलाम एयरमार्फत ओमान प्रस्थान गर्नेछ ।
नेपालले सेप्टेम्बर १३ देखि २०(भदौ २८ देखि असोज ४) सम्म घरेलु टोली ओमान र अमेरिकसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । सिरिजको खेल तालिका भने सर्वाजनिक भइसकेको छैन ।
लिग अन्तर्गत नेपालको यो दोस्रो त्रिकोणात्मक सिरिज हो । उसले गत वर्ष घरेलु मैदानमा ओमान र अमेरिकासँगै पहिलो सिरिज खेलेको थियो । जसमा नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गर्दा ओमान विरुद्धको दुई खेल गुमाएको थियो ।
लिगमा ओमान १० खेलबाट १६ अंकका साथ शीर्ष स्थानमा रहँदा अमेरिका १२ खेलबाट १२ अंक जोड्दै दोस्रो स्थानमा छ । ४ खेलबाट ४ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ ।
त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनिसँग २ खेलको एक दिवसीय सिरिज खेल्ने छ ।
सिरिजका खेल सेप्टेम्बर ५ र ८ (भदौ २० र २३) मा हुनेछन् । क्यानले ओमान भ्रमणका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोली :
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), कुशल भुर्तेल, आरिफ शेख, गुल्शन झा, कुशल मल्ल, विनोेद भण्डारी (विकेटकिपर), शरद भेषवाकर, विक्रम सोब, पवन सरार्फ, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, करण केसी, सोमपाल कामी, अविनाश बोहरा र सुशन भारी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।