ला लिगा : गेटाफेलाई पराजित गर्दै सेभिया शीर्ष स्थानमा

स्पेनिस ला-लिगा फुटबल लिग अन्तर्गत सोमबार राति भएको खेलमा सेभिया विजयी भएको छ । उसले घरेलु टोली गेटाफेमाथि १-० को कठिन जित हात पारेको हो ।

खेलको थप गरिएको समयमा इरिक लामेलाले गरेको एक मात्र गोल सेभियालाई लगातार दोस्रो जित दिलाउन पर्याप्त बन्यो । 

जितसँगै २ खेलबाट ६ अंक जोडेको सेभिया लिगको शीर्ष स्थानमा उक्लिँदा लगातार दोस्रो पराजय बेहोरेको गेटाफे अंकविहीन हुँदै १८ औँ स्थानमा छ । 





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार ७:१३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया