सुराकी खर्च बाँड्न मन्त्रीभन्दा सचिव उदार, एक वर्षको सुराकी खर्च करिब डेढ करोड

गृहमन्त्री र गृह सचिवले एक वर्षको अवधिमा करिव डेढ करोड रुपैयाँ शान्ति सुरक्षा कायम गर्ने नाममा सुराकीलाई बाँडेका छन् । 

महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ मा गृहमन्त्री र गृह सचिवले १ करोड ४८ लाख ५८ हजार रुपैयाँ सुराकीलाई बाँडेको उल्लेख गरिएको छ । 

महालेखाका अनुसार सो वर्ष गृहमन्त्रीले ७२ लाख र गृह सचिवले ७६ लाख ५८ हजार रुपैयाँ शान्ति सुरक्षा कायम गर्न भन्दै सुराकीलाई दिएका हुन् । 

‘मन्त्रिपरिषद्को निर्णयमा एक पटकको खर्चको सीमा तोके पनि साप्ताहिक, मासिक वा कुनै निश्चित अवधि किटान गरेको छैन । शान्ति सुरक्षाका लागि हुने सुराकी खर्चलाई व्यवस्थित गर्न विगतदेखि औंल्याए तापनि सुधार भएको छैन । यस्ता खर्चको उदेश्यमूलक व्यवस्थापन हुनुपर्दछ,’ महालेखाले प्रतिवेदनमा भनेको छ । 

मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको निर्णयानुसार शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि एक पटकमा गृहमन्त्रीले ५० हजार र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था गरिएको छ । 

आर्थिक वर्ष २०७४/७५ मा गृहमन्त्री र गृह सचिवले सुराकीलाई १ करोड ५६ लाख १ हजार रुपैयाँ र २०७५/७६ मा १ करोड ४५ लाख ९ हजार रुपैयाँ वितरण गरेका थिए ।





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १५:२५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया