पहिरोको कारण आज देशका यी सडक छन् अवरुद्ध
फाइल फाेटाे

हिजोबाट सुरु भएको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका बिभिन्न सडक अवरुद्ध भएका छन् । 

चितवनको भरतपुर महानगरपालिका- २९ सेतिदोभानस्थितमा नारायणगढ मुग्लिन सडकमा बिहीबार राति पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले सडक खुलाउने काम गरिरहेको छ । 

नवलपरासी (पूर्व)को गैडाकोट नगरपालिका- ९ थुम्सीस्थित पूर्व पश्चिम राजमार्गमा रहेको डाईभर्सनमा बिहीबार राति पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ ।

सोही नगरपालिका- १० सशस्त्र वेश क्याम्प नजिकै रहेको डाईभर्सन र सोही नगरपालिका-११ भेडाबारीस्थित रहेको डाईभर्सनमा समेत वर्षातको कारण पानी ओभर फ्लो भई पूर्व पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसैगरी बिनयी त्रिवेणी गाउँपालिका- २ दाउन्नेस्थित पूर्व पश्चिम राजमार्गमा बिहीबार राति पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । ईलाका प्रहरी कार्यालय गैडाकोट र प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेका छन् । 

नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-१० लण्डनबृजस्थित पूर्व-पश्चिम राजमार्गमा बिहीबार राति कल्भर्ट भासिँदा  सडक अवरोध भएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ।



डोटीको जोरायल गाउँपालिका-१ गोल्डेन भन्ने स्थानमा गएराति पहिरो जाँदा धनगढी-डडेलधुरा सडक अन्तर्गत भिम दत्त राजमार्ग अवरोध भएको छ । प्रहरी चौकी घण्टेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउने काम गरिरहेको छ । 

कैलालीको चुरे गाउँपालिका- ५ खानीडाडाँस्थित भिमदत्त राजमार्गमा अविरल वर्षाको कारण शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ । अस्थाई प्रहरी पोस्ट खानीडाँडाबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ । 



सिन्धुलीको फिक्कल गाउँपालिका- ६ बुधबारेस्थित मध्य पहाडी राजमार्गमा शुक्रबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । 

यस्तै सुनकोशी गाउँपालिका- २ कमेरेफाडस्थित विपि राजमार्ग र कमलामाई नगरपालिका- ८ करकरे र बाघमारामा समेत पहिरो जाँदा सडक अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय भिमान र प्रहरी चौकी खाङसाङबाट खटिएको प्रहरीले सडक खुलाउने काम गरिरहेका छन् । 

तनहुँको भानु नगरपालिका- १ अधेरीखोलास्थित डुम्रेबेशीसहर सडकमा शुक्रबार बिहान पहिरो जाँदा सडक अवरोध भएको  छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भन्सारबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ ।
 

  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार १४:१६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया