मेस्सीको पिएसजी डेब्यु

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी)को जर्सीमा हिजो राति डेब्यु खेल खेले । उनले खेलको ६६ औं मिनेटमा मैदान छिर्दै पिएसजीका लागि डेब्यु खेल खेका हुन् । 

प्रशिक्षक माउरिसियो पोचेटिनोले  ब्राजिलियन फरवार्ड नेइमारको स्थानमा मेस्सीलाई मैदान प्रवेश गराएका हुन् । 

मेस्सी ६६ औं मिनेटमा मैदानमा प्रवेश गर्दा पिएसजीको तर्फबाट केलियन एम्बापले २ गोलको अग्रता दिलाई सकेका थिए । मेस्सीले त्यसपश्चात भने कुनै गोल गर्न सकेनन् । पिएसजीका लागि मेस्सीले गोल गर्न नसके पनि समर्थकमा उत्साह भने थपिएको थियो । 

मेस्सी र एमबाप्पेले सँगै खेल्दै केही आर्कषक मौकाहरू पनि सिर्जना गरेका थिए । यी दुई फरवार्डले खेलमा राम्रै तालमेलको सिर्जना गरे । एमबाप्पे र मेस्सीले वन टु पास खेल्दै विपक्षीलाई राम्रै प्रेसरमा राखेका थिए ।

यस खेलमा मेस्सीले एक फाउल पनि जितेका थिए । उनले पेनाल्टी बक्सभित्र बल नपाएका भने होइनन् । बल पाएर पनि उनले गोल प्रहार भने गरेनन् ।

पिएसजीका लागि एम्बापेको २ गोल नै निर्णायक गोल बनेको थियो । पहिलो खेलमा निकै कम समय पाएका मेस्सीले एमबाप्पेसँग आक्रमणमा साझेदारी गरे । 



तर, मेस्सीको आगमनले नेयमारलाई फाइदा पुग्ने पक्का छ । यसअघि बार्सिलोनामा पनि यी दुईको साझेदारी निकै जमेको थियो । एमबाप्पे पनि पिएसजीमा नै रहेको अवस्थामा भने क्लबको आक्रमण युरोपकै सर्वोत्कृष्ट टोली हुन सक्नेछ । यद्यपि एमबाप्पेले पिएसजी छाड्ने चर्चा व्यापक रूपमा चल्दै आइरहेकाे छ ।



  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १४:२२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया