logo-img

नर्भिक हस्पिटलको पर्वलक्षित विशेष हेल्थ प्याकेज

नर्भिक इन्टरनेसनल हस्पिटलले तिज र ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ । नर्भिकले तिज पर्वको अवसरमा सस्तो दरमा हेल्थ प्याकेज घोषणा गरेको हो । 
 
भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको तिज प्याकेजअन्तर्गत एउटा बेसिक प्याकेज छ भने अरु दुईवटा ब्रेस्टको युएसजी र मेमोग्रामसहितको बेसिक प्याकेज छ । 

बेसिक प्याकेज लिँदा अन्य समय आठ हजार रहेकोमा तिजको अवसरमा ६ हजार ६६६ कायम गरिएको छ । यस्तै, ब्रेस्टको युएसजीसहितको प्याकेजको मूल्य अन्य समय १० हजार पर्नेमा तिजमा सात हजार ७७७ कायम गरिएको छ ।
 
यसैगरी, मेमोग्रामसहितको बेसिक प्याकेजको अन्य समय १३ हजार चार सय रहेकोमा तिजको अफरअन्तर्गत नौ हजार ९९९ तोकिएको छ । 

बेसिक तिज प्याकेजअन्तर्गत सुगर रेन्डम, युरिक एसिड, लिपिड प्रोफाइल, युरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसिजी, अल्ट्रासाउण्ड, युरिन रुटिनलगायत जाँच पर्नेछन् । यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ । 



यस्तै, नर्भिकले बुबाको मुख हेर्ने दिनको अवसरमा सस्तो दरको प्याकेज घोषणा गरेको छ । अन्य समय ८६५० पर्ने प्याकेजलाई ६५ सय रुपैयाँमै उपलब्ध गराउने घोषणा गरिएको हो । यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहनेछ । 

फादर्स डे प्याकेजमा इएसआर, चेस्ट पिए, इसिजी, सुगर रेन्डम, युरिक एसिड, लिपिड प्रोफाइल, युरिया क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, प्रोस्टेट स्पेसेफिक एन्टिजेन, पोटासियम, युरिन रुटिनलगायत जाँच पर्नेछन् ।





  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १७:५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया