logo-img

राधा पौडेलको ‘रोल नम्बर एक’ बजारमा

मदन पुरस्कार विजेता तथा मर्यादित महिनावारीकी सामाजिक अभियन्ता राधा पौडेलको बाल्यकालीन संस्मरण ‘रोल नम्बर एक’ सार्वजनिक भएको छ ।

‘रोल नम्बर एक’ समाजमा व्याप्त अन्धविश्वासको भुमरीभित्र एउटी बालिकाले किशोरी बन्दासम्म खेपेका पीडाको पेटारो हो । बाल्यकालमा अब्बल बन्ने र छोरीहरूलाई हेर्ने हेयात्मक दृष्टि बदल्ने लेखकको सपनाले सृजना गरेका परिदृश्य नै यस पुस्तकमा समेटिएको छ । महिला र पुरुषबिच समानताको चाहले बाल्यकालमै अंकुरित विद्रोहको स्वर किशोरावस्थासम्म पुग्दा कसरी झांगियो, पौडेलको बाल्कालीन संस्मरण त्यसैको नालीबेली हो ।

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेकी पौडेलको ‘खलङ्गामा हमला’ पुस्तकले मदन पुरस्कार प्राप्त गरेको थियो । मर्यादित र सुरक्षित महिनावारीका बिषयमा उनका तीन पुस्तक प्रकाशित भइसकेका छन् । ‘रोल नम्बर एक’ भने उनको संस्मरण हो ।



‘यो किताबले नेपाली महिलाहरुको समान र सम्मानपूर्वक बाँच्ने चाहको संघर्षका बारेमा हामी सबैलाई बोध त गराउँछ नै, आज पनि बालिकाहरुले विभेदसँग झुत्ती खेल्दै बाँच्नुपरेको कुरालाई पनि सम्झाउँछ’, पौडेलले भनिन् । 

यस पुस्तकले लेखकका बाल्यकालीन संस्मरणका माध्यमबाट नेपाली समाजमा छोरीहरूको समान र सम्मानपूवक बाँच्ने अधिकारका लागि पैरवी गर्न हामी सबैलाई प्रेरित गर्नेछ ।

पुस्तक सांग्रिला प्रकाशनले बजारमा ल्याएको हो । 





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १२:५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया