तालिबानले अफगानिस्तानको राष्ट्रिय पुरुष क्रिकेट टिमलाई अष्ट्रेलियाविरुद्धकाे अन्तर्राष्ट्रिय टेस्ट प्रतियाेगिता खेल्न अनुमति दिएको छ ।
अफगानिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकारी हामिद शिनवरीले अनुमति मिलेको जानकारी गराएका हुन् ।
अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अफगान टिमको यो पहिलो अन्तर्राष्ट्रिय टेस्ट म्याच हुनेछ ।
यसभन्दा अगाडि नै अष्ट्रेलियन क्रिकेट बोर्डले टेस्ट म्याच आयोजना गर्नका लागि तयारी भइसकेको जनाएको छ ।
प्रतियोगिता गत वर्ष नै हुने भनिए पनि कोरोना महामारीका कारण हुन सकेको थिएन ।
प्रतियोगिता नोभेम्बरमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।