logo-img

व्यापारीको भेषमा रमेश कुमार श्रेष्ठले यसरी लुटपाट गरेका थिए करिव १४ लाख रुपैयाँ

प्रहरीले नगद १३ लाख ७७ हजार ८ सय ९५ रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको आरोपमा ओखलढुङ्गा चिसंम्खु गाउँपालिका–३ बस्ने ५४ वर्षिय रमेश कुमार श्रेष्ठलाई पक्राउ गरेको छ । 

कटारी नगरपालिका–८ वर्मीस्थित जंगलबाट कटारी नगरपालिका–४ बस्ने जमान सिंह बस्नेतको उक्त रकम उनले चोरी गरेको आरोप प्रहरीले लगाएको छ । 

प्रहरीका अनुसार ओखलढुङ्गा खाद्यन्न पु¥याई कटारीतर्फ जाँदै गरको प्रदेश नम्बर २–०१–००१ च ०३६९ नम्बरको बोलेरो गाडीमा ‘व्यापारी हुँ’ भन्दै श्रेष्ठ चढेका थिए । 

श्रेष्ठले सोही जंगलमा शौच गर्नका लागि गाडी रोकेको अवस्थामा गाडीका चालकलाई ढुंगाले प्रहार गरी बेहोस बनाएपछि गाडीमा सवार जमान सिंहको नगद र मोबाइल लुटपाट गरी फरार भएका थिए । 

उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई कटारी नगरपालिका–४ गबुवास्थित जंगलबाट लुटपाट गरेको रकम सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १३:५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया