logo-img

लगानी बोर्डले ११ खर्ब ७५ अर्बको विदेशी लगानी भित्र्याउने, एक लाखलाई रोजगारीको अवसर

लगानी बोर्डले पाँच वर्षमा ११ खर्ब ७५ अर्ब (१० अर्ब अमेरिकी डलर) बराबरको विदेशी लगानी स्वीकृत गर्ने रणनीति लिएको छ । 

बोर्डको १०औं वार्षिकोत्सवको अवसरमा ५ वर्षे रणनीतिक योजना सार्वजनिक गर्दै सो लगानीको विषयमा रणनीति लिएको हो । 

पाँच वर्षमा १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने योजनामा कम्तीमा १ लाखले रोजगारी पाउने लगानी बोर्डले जनाएको छ । जसमा ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक-निजी साझेदारीका परियोजनाको व्यवस्थापन छ । 

यस्तै रणनीतिक योजनामा परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास, तथा समन्वय, सहकार्य र साझेदारी गरी चार खम्बे योजनासहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने लक्ष्य छ । ।

२०६८ सालमा स्थापना भएको लगानी बोर्डले दसौँ वर्षिकोत्सवमा ‘नेपाल इन्भेस्टमेन्ट गाइड २०२१’ तथा ‘कफी टेबल बुक’ समेत सार्वजनिक गरिएको छ।





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १७:१४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया