सभामुखको आह्वानमा संसदको गतिरोध हटाउन सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दैछ ।

आज दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो। बैठकमा एमालेले जारी राखेको संसदको गतिरोध हटाउने विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ।

यसैगरी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई समेत बैठकमा सहभागी हुन बोलाइएको छ । 

एमालेले सभामुखले पार्टीले कारबाही सिफारिस गरिएका १४ सांसदमाथि गरिएको कारबाहीबारे समयमै निर्णय नलिएर एमाले विभाजनमा सहयोगी भएको भन्दै संसद बैठक अवरूझ गर्दै आएको छ। 





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार ८:१९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया