कांग्रेस महाधिवेशन : कालिकोटका ८२ मध्ये एउटा वडामा मात्रै महिला सभापति

कालिकोट नौ स्थानीय तहमा रहेको ८२ वडामध्ये एउटा वडामा मात्र कांग्रेसको महिला सभापति निर्वाचित भएकी छन् । कालिकोटका पचालझरना गाउँपालिका–९ मा २८ वर्षीया विमला शाही वडा सभापति भएकी हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको घर सोही वडामा छ । 

नेपाली कांग्रेस जिल्ला सभापतिका आंकाक्षी तथा युवा नेता मोतीराज बमले कालिकोटको एक मात्र महिला वडा सभापति पाएको बताए । उनी वडा सभापति मात्र नभएर मुख्यमन्त्री शाहीका लागि कडा चुनौती भएको बताए ।

 ‘उहाँ कालिकोटको एक मात्र महिला वडा सभापति होइन । एक कडा चुनौती हुन् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका लागि,’ उनले भने,‘अनि भरोसा हुन् । महिला सशक्तीकरणका लागि । उज्ज्वल भविष्य हुन्, कांग्रेस संगठनका लागि ।’

जिल्लाभर वडा सभापतिमा ४० प्रतिशत युवा ४० वर्षमुनिका रहेका र बाँकी ६० प्रतिशत वडा सभापति ४० वर्षदेखि माथि ५५ वर्ष उमेर समूहका निर्वाचित भएको कांग्रेसको दाबी रहेको छ । 

कांग्रेसले कालिकोटमा भदौ २२ गते एकै दिन वडा अधिवेशन सम्पन्न गरेको थियो ।





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १८:३८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया