logo-img

गोकर्ण विष्टले पनि गरे माधवकुमार नेपालको आलोचना, भने– देउवालाई प्रधानमन्त्री बनाउनु ठूलो उपलब्धि ठान्नुभयो

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पनि नेकपा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका माधवकुमार नेपालको चर्को आलोचना गरेका छन् । 

कुनै समय माधवकुमार नेपाल समूहमै रहेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्ने विष्टले नेकपा एकीकृत समाजवादीमा आफू नगएपछि नेपालको आलोचना सुरु गरको हुन् ।

त्यसो त पछिल्लो समय नेकपा एमाले छाडेर नेपालको नयाँ दलमा नगएका नेताहरुले नेपालको खुलेर आलोचना गर्न थालेका छन् ।



विष्टले नेकपा एमाले जिल्ला कमिटी गुल्मीले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुलाई नै नेपालले ठूलो उपलब्धि मानेको बताएका छन् ।

यतिमात्र होइन, उनले १० बुँदे कार्यान्वयन नहुनुमा नेपालकै असहयोग भएको र अन्ततः पार्टी विभाजन भएको आरोप पनि लगाएका छन् । १० सदस्यीय पार्टी कार्यदलमा रहेका विष्टले नेपालले पार्टीको विवाद अन्त्य गरौँ भन्दा नमानेको आरोप पनि लगाएका छन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १९:३१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया