‘बजेट होलिडे’ होइन, गभर्मेन्ट सटडाउन

गत बिहिबारदेखि सरकारले कुनै पनि किसिमको खर्च गरेको छैन । सरकारले संसदमा पेस गरेको प्रतिस्थापन बजेट पारित हुन नसकेपछि बिहीबारदेखि खर्च गर्न नमिलेको हो । 

सोही अवस्था सृजना भएसँगै भदौ २९ गते नेपाली सञ्चारमाध्यममा पहिलो पटक ‘बजेट होलिडे’ लेखियो । अर्थात्, सरकारले बजेट खर्च गर्न नपाउने अवस्थालाई सञ्चार माध्यमहरूले ‘बजेट होलिडे’ भन्दै समाचार सम्प्रेषण गरे ।

अनलाइनखबरले सबैभन्दा पहिला बजेट होलिडे लेखेपछि सबैजसो सञ्चारमाध्यमले सोही कुरा पछ्याएका थिए । फरकधारले पनि भदौ ३० गते बिहान ‘बजेट होलिडेले असामान्य स्थिति सृजना हुनसक्ने’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । 

अन्तर्राष्ट्रिय सञ्चामाध्यमले यस्तो अवस्थामा बजेट होलिडे शब्दको प्रयोग गरेको पाइएको छैन । ‘बजेट होलिडे’को अर्थ नै अहिलेको परिस्थतिसँग नमिलेको विज्ञहरूले टिप्पणी गरेका छन् ।  अर्थात् अहिलेको सरकारले खर्च गर्न नपाउने स्थितिलाई ‘बजेट होलिडे’ भन्नु गलत हो । 

पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्रीले ‘बजेट होलिडे’ प्रयोग गर्नु गलत भएको बताए । नेपाली सञ्चारमाध्यमले नबुझी यस्तो शब्दावली प्रयोग गरेकोमा उनले आश्चर्य समेत प्रकेट गरे । 

उनले भने ‘बजेट होलिडेले सस्तो वा आफ्नो पकेट सुहाउँदो यात्रालाई बुझाउँछ । तर सरकारले बजेट खर्च गर्न नपाउने अहिलेको अवस्था बुझाउन नेपाली मिडियाले गलत शब्दावली प्रयोग गर्दा म अचम्मित छु ।’ 



अर्थविज्ञ केशव आचार्यले विदेशमा पनि विभिन्न कारणले यस्तो अवस्था आउँदा त्यसलाई बुझाउन ‘गभर्मेन्ट सटडाउन’ भन्ने गरिएको बताए । 



  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १५:५०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया