१३ जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित, ७ जिल्लामा जारी

२५ भदौको संशोधित निर्वाचन कार्यतालिकाअनुसार नेपाली कांग्रेसको २० जिल्लाको वडा अधिवेशन मंगलबार हुनुपर्नेमा आज सात जिल्लामा मात्रै वडा अधिवेशन भइरहेका छन् ।
निर्वाचन भइरहेका काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, मोरङ, कपिलवस्तु र बाजुराको अधिवेशनको परिणाम आउन भने बाँकी नै छ ।

सिन्धुपाल्चोकका हेलम्बु–७, जुगल–३ सहित केही वडामा भने अधिवेशन स्थगन भएको छ । सभापति विकास लामाले स्थगन भएका वडाहरूको संख्या यकिन गर्न बाँकी रहेको फरकधारलाई बताए । 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यतालिकामा २० वटै जिल्लाको वडामा अधिवेशन हुनुपर्ने उल्लेख छ । 

समितिका सचिव तथा अधिवक्ता केशव रिजालले क्रियाशील सदस्यता विवरण पार्टीको केन्द्रीय सचिवालयले नपठाउँदा बाँकी १३ जिल्लाको वडामा अधिवेशन नभएको स्पष्ट पारे ।
सदस्यता विवरण समितिले प्राप्त गरेपछि भने अधिवेशन हुने उनी बताउँछन् ।

वडा अधिवेशन हुन बाँकी जिल्लाहरू
१) सप्तरी
२) सिरहा
३) धनुषा
४) महोत्तरी
५) सर्लाही
६) रौतहट
७) बारा
८) पर्सा 
९) रसुवा
१०) सुर्खेत
११) डोल्पा
१२) कैलाली
१३ बाँके 
 





  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार १७:४९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया