गेटाफेलाई हराउँदै एट्लटिको शीर्ष स्थानमा

ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित घरेलु टोली गेटाफेलाई २-१ ले पराजित गरेको छ ।

सुरुवाती अग्रता जाेगाउन नसक्दा घरेलु टोली पराजित हुन पुगेको हो ।  एट्लेटिकोका गोलरक्षक जोन ओब्लाकको आत्मघाती गोल मार्फत गेटाफेले अग्रता लिएको थियो।

खेलको ४५ औँ गेटाफेका स्टेफन मित्रोभिकको हेड पोस्टमा लागेर फर्किएको बलले ओब्लाकलाई छुँदै पोस्टको दिशा लिएको थियो ।

यो गेटाफले एट्लेटिकोविरुद्ध सन् २०११ पछि गरेको पहिलो गोल हो । 

कार्लिस एलिना ७४ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि गेटाफे १ खेलाडीमा सीमित बन्यो ।  त्यसको फाइदा उठाउँदै लुइस सुआरेजले एट्लेटिकोका लागि लगातार दुई गोल गरे ।

सुआरेजले ७८ औं मिनेटमा टोलीलाई बराबरीमा ल्याए भने खेलको अन्तिम मिनेटमा विजयी गोल गरे । 



जितसँगै एट्लेटिको ६ खेलबाट १४ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले १ खेल कम खेलेको रियल मड्रिडलाई  एक अंकले पछि पारेको हो । गेटाफे अंकविहीन हुँदै १९ औं स्थानमा छ ।

लिग अन्तर्गत मंगलबार नै भएका अन्य खेलमा एथ्लेटिको क्लब बाल्बिाओ रायो भाल्कानोसँग २-१ ले पराजित हुदाँ सेल्टा भिगोले लेभान्टेलाई २-० ले हरायो ।



  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार ८:४५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया