आइपिएल : चेन्नई शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स विजयी भएको छ । उसले शुक्रबार राति दुबईमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ६ विकेटको जित दर्ता गरेको हो। 

बैंग्लोरले दिएको १५७ रनको लक्ष्य चेन्नईले १८.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । 

चेन्नईका लागि रुतुराज गायकवाडले सर्वाधिक ३८ रनको योगदान दिँदा अम्बती रायडु ३२ र फाप डु प्लेसिसले ३१ रन जोडे ।

बैंग्लोरका हर्षल पटेलले २, युजवेन्द्र चहल र ग्लन म्याक्सवेलले १-१ विकेट लिए । 

यस अघि सारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । उसका लागि देवदत्त पडिकल र कप्तान विराट कोहलीले अर्धशतकिय पारी खेले । 

पडिकलले ५० बलमा ५ चौका र ३ छक्काको मद्दतले ७० रन प्रहार गरे । ४१ बलको सामना गरेको कोेहलीले ६ चौका र १ छक्काको मद्दतमा ५३ रन जोडे । 



चेन्नईका ड्वाने ब्राभोले ३ शार्दुल ठाकुरले २ र दिपक चाहरले १ विकेट लिए । यस जितसँगै चेन्नईले ९ खेलमा १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट १० अंकका साथ बैंग्लो तेस्रो स्थानमा छ । 
 



  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार ७:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया