तालिबान प्रतिनिधिले राष्ट्रसंघ महासभालाई सम्बोधन गर्न नपाउने

तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न नपाउने भएको छ । गत सातामात्रै तालिबानले पत्र लेखेर राष्ट्रसंघमा सम्बोधनका लागि व्यवस्था मिलाउन अनुरोध गरेको थियो । 

तर अब अफगानिस्तानको प्रतिनिधित्व अशरफ घानी सरकारले नियुक्त गरेका राजदूत गुलाम इसाकजाईले नै गर्ने भएका छन् ।

तालिबानले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलाई पत्र लेखेर आफ्नो सरकारले मोहम्मद सुहैल शाहीनलाई नयाँ राजदूत नियुक्त गरेको जानकारी गराएको थियो।

तालिबानका विदेशमन्त्री अमिर खान मुक्ताकीले १५ अगस्टपछि भएको घटनाक्रमलाई उल्लेख गर्दै अब इसाकजाई आफूहरुको सरकारका प्रतिनिधि नरहेको जानकारी गराएका थिए । 

यो जानकारी ९ सदस्यीय क्रेडेन्सियल समितिमा पठाइएको थियो । तर समितिको बैठक आम रुपमा नोभेम्बरमा बस्ने र अहिले त्यसबारे कुनै निर्धारित कार्यक्रम नरहेको जनाइएको छ ।

सोही कारण तालिबानलाई बोल्न दिनेबारे कुनै निर्णय हुन कठिन देखिएकाले यसपटक इसाकजाईले नै अफगानिस्तानको प्रतिनिधित्व गर्नेगरी अफगानिस्तानका तर्फबाट वक्ता राखिएको छ ।



महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले घानी सरकारको समयमा नियुक्त इसाकजाई नै अफगानिस्तानको वक्ता रहने जानकारी दिएका छन् । उनले २७ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्नेछन् । 



  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार ९:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया