logo-img

‘भुत्रो मायाजाल’ पछि प्रिती र पवनको ‘आलुजस्तो केटी’

गायिका प्रिती आले नयाँ गीतका साथमा बजारमा आएकी छन् । पछिल्लो पटक उनको स्वरमा ‘आलुजस्तो केटी’बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा गायक पवन रानाले प्रितीलाई गायनमा साथ दिएका छन् ।

झण्डै दुई वर्षअघि दुवैले ‘भुत्रो मायाजाल’बोलको गीतमा सहकार्य गरेका थिए । यो उनीहरूको दोस्रो सहकार्य हो । पहिलो सहयात्रामा प्रिती र पवनलाई गीतको बोलले विवादमा तानेको थियो । अहिले सार्वजनिक भएको गीत त्यसैको दोस्रो भाग भनिएको छ ।

गीत सार्वजनिक भएपछि प्रितीले आफ्नो गीत लोकगीत नभएको बताएकी छन् । उनले आफूलाई फरकफरक शैलीको गीत गाउन रुचाउने गायिका भएको बताउँदै प्रितीले भनेकी छन्, ‘लोकगीत सुन्ने दर्शकका लागि केही नयाँ हुन सक्छ । तर लोकगीत भनेर नबुझिदिनुहोला । कतिपयले दोहोरी गायिकाले पनि के गीत गाएको भनेर प्रश्न गर्नु हुन्छ । मलाई सबै किसिमको गीत गाउन मन पर्छ ।’ उनले डान्सिङ गीतलाई त्यही अनुसार बुझिदिन सबैलाई आग्रह गरेकी छन् ।  



सार्वजनिक गीतका गायक पवनले प्रितीसँगको सहकार्य मन पराइदिएकाले पुनः दोहोर्‍याएकाे बताए । प्रितीले लेखेको गीतमा पवनले संगीत भरेका छन् । गीतमा संगीत संयोजन भने विपिन आचार्यले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा पनि पवन र प्रिती नै देखिएका छन् । उनीहरूका साथमा भिडियोमा रञ्जन पाण्डे र अलिसा शर्माले पनि अभिनय गरेका छन् । भिडियोमा ‘द नेक्स्ट’ ग्रुपका प्रदीप लामाको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १२:३४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया