राजर्षि जनक विश्वविद्यालयमा आइतबारदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयले विद्यार्थीको आन्दोलनपछि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न तयार भएको छ । 

विश्वविद्यालयले बिहीबार एक सूचना जारी गर्दै आइतबारदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने जानकारी दिएको हो । 

विश्वविद्यालय क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रम बिपिएच दोस्रो सेमेष्टर/बिएससि सिएसआइटि दोस्रो र चौथो सेमेष्टरको प्रयोगात्मक परीक्षा सञ्चालनमा रहेको हुँदा सो बाहेक सम्पूर्ण शैक्षिक कार्यक्रमहरुको भौतिक कक्षा सञ्चालन हुने बताइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा सञ्चालन गरिने कार्यवाहक क्याम्पस प्रमुख विनोद कुमार कर्णले जानकारी दिए । 

आन्दोलनरत विद्यार्थीले देशभरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमै कक्षा सञ्चालन सुरु भइसके पनि यहाँका उपकुलपति प्राध्यापक भरत झा, कार्यवाहक क्याम्पस प्रमुख विनोद कुमार कर्ण र रजिष्ट्रार महेन्द्रप्रसाद यादवले अनलाइन कक्षा सञ्चालनको नाममा विद्यार्थीलाई कोर्सको तयारी नै नगराई बाहिरका शिक्षकसँग कक्षा सञ्चालन गराइरहेको आरोप लगाइरहेका थिए ।   

आन्दोलनरत विद्यार्थीले चक्काजाम गर्दै जनकपुरधामस्थित व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि र मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गतका डिनको कार्यालयमा तालाबन्दी गर्नुका सार्थ उनीहरूको पुत्लासमेत जलाइसकेका छन् । 



यता, करार नियुक्तिको माग गर्दै विश्वविद्यालयका ३५ जना शिक्षक पनि गत ३९ दिनदेखि आन्दोलन गरिरहेका छन् । आन्दोलनरत शिक्षक अहिले पनि विश्वविद्यालयको मुख्यगेट अगाडि धर्नामा छन् । पठनपाठन ठप्प गरी शिक्षक विश्वविद्यालयको पेपर (कोर्स) कन्ट्रयाक्ट शिक्षक संघको ब्यानरमा धर्नामा बसेका हुन् ।

स्थापनाकालमै आफूहरूलाई कोर्ष कन्ट्रयाक्टमा पढाउन भनेको र पछि गएर दरबन्दी करारमा नियुक्ति दिने आश्वासन दिए पनि हालसम्म माग सम्बोधन नगर्दा बाध्य भएर आफूहरू आन्दोलनमा उत्रेको विश्वविद्यालयको पेपर (कोर्स) कन्ट्रयाक्ट शिक्षक संघका सचिव रविकुमार राजले बताए । 



  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १९:१४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया