logo-img

कोरोना महामारीपछि पहिलो पटक सीमा खोल्दै छ अष्ट्रेलिया

कोरोनाभाइरस महामारी फैलिएको अब एक वर्षभन्दा धेरै भइसकेको छ । तर, अष्ट्रेलियाले सुरु देखि लगाएको सीमा नाका अन्तराष्ट्रिय पर्यटक तथा विदेशबाट आउनेहरुका लागि खोलेको थिएन । अब पहिलो पटक अष्ट्रेलियाकै राज्यहरुबीचका सीमाहरु खुल्ने भएका छन् । 

यही नोभेम्बरदेखि अष्ट्रेलियाले सीमाहरु खोल्ने बताएको छ । जसले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन्, उनीहरुलाई सीमाबाट प्रवेश दिइने पनि अष्ट्रेलियाले जनाएको छ । 

अष्ट्रेलियाले गत वर्ष मार्चमा कोरोना संक्रमण फैलिएपछि सीमाहरु बन्द गरेको थियो । कतिसम्म भने अष्ट्रेलियाले आफ्ना नागरिकलाई पनि देशबाट बाहिर जान प्रतिबन्ध लगाएको थियो ।



अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अब अष्ट्रेलियाली नागरिकलाई उनीहरुको जीवन फिर्ता दिने बताएका छन् । उनले शुक्रबार भनेका छन्, ‘कुनै पनि राज्यमा भ्याक्सिन दिने काम ८० प्रतिशत सकिएको भए त्यहाँका नागरिकहरु यात्रा गर्न पाउनेछन् ।’

अष्ट्रेलियाले विदेशी नागरिकलाई अझै पनि यात्राको अनुमति दिएको छैन । तर, केही समयमा नै पर्यटकलाई ल्याउने काममा आफू लाग्ने त्यहाँको सरकारले जनाएको छ ।





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १६:५३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया