चीनको ३८ वटा लडाकु विमानले आफ्नो हवाई क्षेत्र अतिक्रमण गरेकोभन्दै ताइवानले आपत्ति जनाएको छ । ताइवानले यो अहिलेसम्मकै चीनले गरेको सबैभन्दा ठूलो हवाई क्षेत्र अतिक्रमण भएको बताएको छ ।
कुनै जानकारी नदिई ३८ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका थिए । चीनले ताइवानलाई आफ्नो भूभाग बताउँदै आएको छ भने ताइवानले आपूm स्वतन्त्र राष्ट्र भएको दाबी गर्दै आएको छ ।
चीनको सरकारी अखबार ग्लोबल टाइम्सले उक्त घटनालाई सामान्य अभ्यास भएको बताएको छ । क्षेत्रीय अखण्डताको रक्षाको लागि ती विमान ताइवान प्रवेश गरेको सो अखबारले जनाएको छ । विमान शुक्रबार दिउँसो र राती पठाइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।