कांग्रेस महाधिवेशन : बुढानीलकण्ठ नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा बुढानीलकण्ठ नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । 

सभापति पदका प्रत्यासीमध्ये राजाराम बुढाथोकीले १५५, राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत ल्याएका थिए । 

सभापतिमा निर्वाचित बुढाथोकी नेता गगन थापानिकटका हुन् ।

त्यस्तै, उपसभापतिमा सानुकान श्रेष्ठ र शम्भु कार्की, सचिवमा विजेन्द्र पुडासैनी र विजेन्द्र श्रेष्ठ, सहसचिवमा कुमार खड्का र निर्मला आचार्य पौडेल निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार २०:५७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया